लोकदोहोरीमा पौडेल र लामिछानेको क्रियाशिलता, सार्वजनिक गरे “हुन्छ भने हुन्छ भन”
पाेखरा | मंसिर २६, २०८०
पोखरा: लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् ।
देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक क्रियाकलापमा समेत उनको सक्रियता पाइन्छ ।
यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युटुब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको अभिनय छ । पौडेलकै शब्द संगीत रहेको गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको संगीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।
पौडेलेको यसअघि थुप्रै सिर्जना आएका छन् । जसमा पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले पौडेललाई चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन् । भिर्ने झोलामा लगायतका उनका गीत रुचाइएको छ । निरन्तर लोकदोहोरीमा लागेर आफुलाई क्रियाशिल बनाउने गायिका मध्ये पर्छिन् उनी । क्रियाशिलता र मेहेनतले नै लामिछानेलाई सफलता दिलाएको हो भन्दा अत्युक्त नहोला ।
पौडेल र लामिछानेको युगल सांगीतिक जोडीलाई यसअघि पनि मन पराइएको छ । ‘हुन्छ भने हुन्छ भन” बाट समेत सफलता मिल्नेमा उनीहरु विश्वस्त छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

